Upalabdhi News

सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार छु –प्रधानमन्त्री दाहाल

उपलब्धि मिडिया
पुस २६, २०७९ | १:३१ बजे


काठमाडौ, पुस २६ गते । सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्दै दाहालले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आधारमा चल्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले दुवै धारका शक्तिहरू मिल्दा देश अगाडि बढेको पनि बताएका छन् । दुई ध्रुवका शक्तिहरू नमिल्दा देश संकटमा पुगेको उल्लेख गर्दै उनले सहमतिकै आधारमा राजनीति अगाडि बढ्नुपर्ने बताए ।सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित आफूले विश्वासको मत मागेको पनि उनले बताए । उनले अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरू वाम–लोकतान्त्रिक शक्तिकै सहकार्यमा भएको बताएका छन् ।

त्यस्तै उनले सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्। मा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले राजनीतिक दल मिल्दा देशले निकास पाएको र नमिल्दा देशमा गतिरोध पैदा भएको बताएका छन्। यसका लागि दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको बताएका छन्। देशलाई निकास दिन र नेपाललाई समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?