Upalabdhi News

टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

उपलब्धि मिडिया
भदौ १६, २०७९ | ८:१२ बजे


काठमाडौ । भदौ १६ गते
टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन् ।

उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?