Upalabdhi News

कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

उपलब्धि मिडिया
पुस २७, २०७९ | १२:०९ बजे


काठमाडौ, पुस २७ गते । आज माओवादी केन्द्रको भागमा परेको कर्णालीमा पनि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम समय रहेको छ ।कर्णालीमा आज बेलुकी ५ बजेसम्म माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकर एकजना छन् ।कर्णालीमा एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल पक्षका सांसदहरू असन्तुष्ट छन् ।

यस्तै, एमाले–माओवादीले आलोपालो सरकार बनाउने सहमति भएको सुदूरपश्चिम प्रदेशले पनि आजै मुख्यमन्त्री पाउनेछ ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

सहमति अनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् ।अर्को कार्यकाल भने यो प्रदेशमा माओवादीले नेतृत्व गर्ने सहमति भएको छ ।अर्को कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?