प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बनेको हुँ–प्रधानमन्त्री दाहाल
काठमाडौ, पुस २७ गते । प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। बुधबार वाईसियलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सजिलै प्रधानमन्त्री नबनेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले यो अवसरलाई त्यतिकै खेर जान नदिने बताए। त्यसका लागि सरकार र पार्टीलाई सबैको सहयोग आवश्यक रहेको औंल्याए। यो पटक सरकार सफल हुने र पार्टी सफल हुने कुरा सिंगै राष्ट्र र इतिहासका लागि अविष्मरणी परिघटना हुने उनको भनाइ छ।प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप