पाकिस्तानको दक्षिणपश्चिम भेगमा बस दुर्घटना,४० जनाको मृत्यु

काठमाडौं माघ १५ गते ।पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन् । मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले दुर्घटनास्थलमा बताउनु भएको छ । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको यस बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।
राजमार्गहरु ढिलो सुरक्षा उपायहरु र लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । यात्रु बसहरुको क्षमता भन्दा यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा एकल सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या सामान्य छ । सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सय भन्दा बढी मानिसहरू मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
