Upalabdhi News

फनपार्कले काठमाडौं महानगरपालिकालाई तिर्यो १९ लाख ९७ हजार कर

उपलब्धि मिडिया
भदौ १६, २०७९ | १:३६ बजे


काठमाडौ । भदौ १६ गते
काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई आज सम्मको समय दिएको थियो । हानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए । उक्त निर्देशनको पालना गर्दै भृकुटीमण्डपमा रहेको फनपार्कले काठमाडौं महानगरपालिकालाई १९ लाख ९७ हजार कर तिरेको छ ।

महानगरपालिकाले कर तिर्न २४ घन्टे अल्टिमेटम दिए लगत्तै मनोरञ्जन कर र व्यवसाय कर बापत उक्त रकम कर तिरेको हो ।फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर र व्यवसाय कर बापत २ लाख ६१ हजार रुपैयाँ सहित १९ लाख ९७ हजार रुपैयाँ कर तिरेको काठमाडौं महानगरपालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?