शहीदका सपना पूरा गर्ने गरी नीति र कार्यशैली अघि बाढाएको छ –मुख्यमन्त्री शर्मा
काठमाडौं माघ १६ गते । शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् । शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उनले हाम्रा कार्यशैली र गतिविधिलाई शहीदका सपना पू्रा गर्ने गरी अघि बढाउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिएका छन् ।
शहीदका सपना पूरा गर्न, सबै प्रकारका भेद्भाव अन्त्य गर्न र सुखी तथा खुशी समाज निर्माण गर्न सङ्कल्प गर्नुपर्ने मुख्यमन्त्री शर्माले आवश्यकता औँल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप