Upalabdhi News

आज क्यानको कार्यसमिति बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवा मुख्य एजेन्डा

उपलब्धि मिडिया
माघ १७, २०७९ | ८:३५ बजे


काठमाडौं माघ १७ गते । आज नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा मुख्य एजेन्डा रहेका छन् ।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–२० लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमिति नै दुई भागमा विभाजित भएको छ ।केही दिनअघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए । आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिनसक्ने सम्भावनासमेत छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?