Upalabdhi News

देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गर्नुपर्छ– एकीकृत समाजवादी

उपलब्धि मिडिया
माघ १७, २०७९ | ९:३७ बजे


काठमाडौं माघ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा ( एकीकृत समाजवादी) ले ज्ञापनपत्र बुझाएको छ । एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न उक्त ज्ञापनपत्रमार्फत आग्रह गरेको छ ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि गाह्रो भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गर्न अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?