Upalabdhi News

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यि बिषयमा हुँदैछ छलफल

उपलब्धि मिडिया
माघ १७, २०७९ | १०:०२ बजे


काठमाडौं माघ १७ गते । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ। सोमबारबाट शुरू भएको पदाधिकारी बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बस्नेछ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ।माओवादी केन्द्र को जारी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धि प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो।

त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलबार बोलाइएको स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो।यो सँगै स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?