Upalabdhi News

प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

उपलब्धि मिडिया
माघ १७, २०७९ | १०:३८ बजे


काठमाडौं माघ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाबीच बालुवाटारमा भेटवार्ता भएको छ । आज बिहान पूर्व गृहमन्त्री समेत रहेका लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमेपछि लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् । पार्टीले आधिकारिकरुपमा गृहमन्त्री फेरि पाउनुपर्ने दाबी पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?