सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइ रविलाई गृह मन्त्रालय नदिने – माओवादी केन्द्र

काठमाडौं माघ १७ गते । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइ रवि लामिछानेलाई गृह मन्त्रालय दिन नमिल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो निष्कर्ष सुनाएका हुन्।
गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध रहेको फैसला सुनाएसँगै उनको सांसद पद खारेज भएको थियो। त्यसलगत्तै उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।लामिछानेले आइतबार नेपाली नागरिकता पुनःप्राप्त गरेपछि फेरि गृह मन्त्रालय पाउनुपर्ने अडान लिएका छन्। उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेर गृह मन्त्रालय मागेका छन्। तर प्रधानमन्त्री भने लामिछानेलाई गृह मन्त्रालय नदिने पक्षमा छन्।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
