Upalabdhi News

अत्यावश्यक औषधिहरुको उत्पादन अब नेपालमै गर्नुपर्छ –स्वास्थ्यमन्त्री गिरी

उपलब्धि मिडिया
माघ १७, २०७९ | ४:२० बजे


काठमाडौं माघ १७ गते । अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन हुनसक्ने वातावरण निर्माण गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताएका छन् ।

आज औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री गिरीले अत्यावश्यक औषधिहरुको उत्पादन नेपालमै हुनुपर्ने बताएका हुन । ‘पछिल्लो समय बंगलादेशले औषधि उत्पादन क्षेत्रमा ठूलो फड्को मार्‍यो । हामीले पनि कम्तिमा अत्यावश्यक औषधिहरु आफैं उत्पादन गर्न सक्नुपर्छ ।। नाकाबन्दीमा हामीले कस्तो भोग्यौं । भोलिका दिनमा त्यस्तो अवस्था नआओस्,’ उनले भने ।

यो विभागले प्रभावकारी काम गर्न सक्दा देशका नागरिकहरुको स्वास्थ्य स्थिती पनि राम्रो भएर जान्छ । विभाग बिग्रियो भने ३ करोड नेपालीको स्वास्थ्यमा असर गर्छ,’ उनले भने,‘ बजारमा अहिले पनि गुणस्तरहिन औषधि छ्याप छ्याप्ती छन् । जनशक्ति छैन भनेर पन्छने काम हामीले गर्न हुँदैन । नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइदैंन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार शीर्षकहर थप