आज प्रधानमन्त्री दाहाल र प्रदेश नम्बर–१ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौं माघ १८ गते । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश नम्बर–१ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच शिष्टाचार भेटवार्ता भएको छ ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्।
शिष्टाचार भेटमा प्रदेशको विकासलगायत विषयमा छलफल भएको छ । प्रचण्ड प्रधानमन्त्री र कार्की मुख्यमन्त्री बनेपछि उनीहरूबीच यो पहिलो औपचारिक भेटवार्ता हो ।नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्






