भूकम्पबाट प्रभावित बनेकाहरूको सरकारले उचित व्यवस्थापन गर्नुपर्छ –नैनसिंह महर

काठमाडौं माघ १८ गते । भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। नेता महरले आज कपनमा आयोजित एक कार्यक्रममा बोल्दै भूकम्पले भौतिक र मानवीय क्षति पुर्याएको र बाचेकाहरू पनि माघको कठ्याङ्ग्रिदो जाडोमा सास्ती खेप्न बाध्य रहेकाले उनीहरूको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्ने जिकिर गरेका छन् ।
उनले मानवीयतासँग जोडिएका संवेदनशील विषयप्रति गम्भीर हुन सम्माननीय प्रधानमन्त्री, सरकारमा संलग्न राजनीतिकदल र विशेष गरी विद्यार्थी जगतमा पर्न सक्ने मानसिक असरबारे ध्यान दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । नेता महरले जनताको अभिभावकका रूपमा रहेको सरकारसँग भूकम्पको क्षतिको यकिन विवरणसमेत नभएको गुनासो गरेको छन् । राहत र उद्धार तथा सम्भावित जोखिमसँग लड्ने पूर्वतयारी नै नदेखिएकाले सरकार जनताप्रति उत्तरदायी नदेखिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
