Upalabdhi News

पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?–सांसद परियार

उपलब्धि मिडिया
माघ १८, २०७९ | २:२८ बजे


काठमाडौं माघ १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपनि उडान भर्ने बारे सरकारसँग कुनै योजना नभएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताएका छन् । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका विषयमा यथाशिघ्र छानविन गरी घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सांसद परियारलेमाग गरेका हुन ।

‘प्रधानमन्त्रीज्यूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन त गर्नुभयो । तर, पोखराबासीले पर्खिरहेका छन्, पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?,’ उनको प्रश्न छ । के कति कारणले दुर्घटना भयो ? घटनाको छानबिन होस्, र यथाशिघ्र सत्यतथ्य सार्वजनिक होस्,’ उनले भने, ‘घटनामा पीडित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?