Upalabdhi News

मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्न पाइँदैन–रघुजी पन्त

उपलब्धि मिडिया
माघ १८, २०७९ | २:३९ बजे

काठमाडौं माघ १८ गते । संविधानका आधारभूत संरचनाहरूमै प्रधानमन्त्री र मन्त्रीहरूबीचमा सार्वजनिक मतभेद देखिएको नेकपा (एमाले)का सांसद् रघुजी पन्तले बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् पन्तले संविधानबमोजिम शपथ लिएको मन्त्रीले संविधानको भावनाविपरीत बोल्न नहुने बताएका हुन ।

‘प्रधानमन्त्रीले संघीयताविरुद्व बोल्नेलाई स्पष्टिकरण सोध्छु भन्नुभएको भोलिपल्ट सरकारका मन्त्रीहरूले संघीयता रहनुहुँदैन भनेर बोल्नुभयो, प्रधानमन्त्रीले अहिलेसम्म स्पष्टिकरण सोधेको थाहा छैन,’सांसद् पन्तले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूका बीचमा सार्वजनिक विवाद भएको राम्रो होइन । संविधानको आधारभूत संरचनाहरूकै बारेमा प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिने कुरा लोकतन्त्रको लागि राम्रो लक्षण होइन । मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?