राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ – रमेश लेखक
काठमाडौं माघ १९ गते । नेपाली कांग्रेसको संसदीय दल कार्य समिति बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको उक्त बैठक राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
प्रमुख सचेतक रमेश लेखकले उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिएका छन् ।राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको प्रमुख सचेतक लेखकको भनाई छ । प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्ने समेत उनले बताएका छन् । यहि माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ । त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप