Upalabdhi News

वार्षिक ११% ब्याज दिने गरी कुमारी बैंकले १० वर्ष अवधिको ३० लाख कित्ता ऋणपत्र बिक्री खुलायो ।

उपलब्धि मिडिया
भदौ १७, २०७९ | ६:२१ बजे

काठमाडौं भदौ १७ गते

कुमारी बैंकले १० वर्ष अवधिको ३० लाख कित्ता ऋणपत्र आजदेखि बिक्री खुलाएको छ। आवेदन छिटोमा भदौ २१ गतेसम्म दिनुपर्ने मिति तोकिएको छ । 

जारी भएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री हुनेछ। बाँकी १२ लाख कित्ताबाट ६० हजार ऋणपत्र म्युचुअल फन्डको लागि हो।

११ लाख ४० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। ऋणपत्रमा न्युनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। 

यसको अंकित मूल्य १००० रुपैयाँ छ। ऋणपत्रबापत बैंकले वार्षिक ११ प्रतिशत ब्याज भुक्तानी गर्नेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा बैंकले सिद्धार्थ क्यापिटललाई दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?