गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले गृह मन्त्रालय पाउनुपर्छ –अध्यक्ष ओली
काठमाडौं माघ १९ गते । रवि रामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय पाउने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् । आज विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने जिकिर गरेका छन् ।
उनले आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि जानकारी दिएका छन् । अध्यक्ष ओलीले रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप