Upalabdhi News

आफ्नो मौनता आजसम्मका लागिमात्र भएको रवि लामिछानेको चेतावनी

उपलब्धि मिडिया
माघ १९, २०७९ | २:०७ बजे


काठमाडौं माघ १९ गते । आफ्नो मौनता आजसम्मका लागिमात्र भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चेतावनी दिएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको र आफू अभिमन्यु नभएको चेतावनी दिएका हुन । रास्वपाका सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

रवि लामिछाको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् । गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन दबाब सृजना गरिरहे पनि प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । यहीबीच उनको यस्तो धारणा सार्वजनिक भएको हो ।

सभापति लामिछानेले समाजिक सञ्जाल लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?