Upalabdhi News

संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाउनुपर्छ–सभामुख घिमिरे

उपलब्धि मिडिया
माघ १९, २०७९ | २:२६ बजे

काठमाडौं माघ १९ गते । संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाउनुपर्ने खाँचो रहेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बताएका छन् । जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उनले सांसदलाई अनुरोध गरेका छन् ।

सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको आज उद्घाटन गर्दै संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, “संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।”

उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुरेका छन् । “संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ । संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ । विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढङ्गले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु”, उने भने,।

उनले संसद्मा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरेका छन् । संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको रहेको उल्लेख गर्दै सरकारका ऐन, कानुन बनाउने, देशको बजेट निर्माणलगायतका काम गर्दै प्रतिपक्षी दललाई पनि समन्वय गरेर लैजान सरकारको पनि जवाफदेहिता जरुरी भएको धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?