Upalabdhi News

राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार खडा गरिने छ –रमेश लेखक

उपलब्धि मिडिया
माघ २१, २०७९ | ११:५७ बजे


काठमाडौं, माघ २१ गते । सत्ता साझेदार दलबीच गृह मन्त्रालयबारे विवाद मात्रै नभएर सैद्धान्तिक र वैचारिक बेमेल समेत रहेको राष्ट्रियसभाका लागि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताएका छन् । आज सिंहदरबारमा विपक्षी दलहरूको बैठकपछि प्रतिक्रिया दिँदै मुख्य सचेतक लेखकले संसदमै मतभेद देखिइसकेको बताएका हुन ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको संयुक्त बैठकमा सहभागी भएर निस्केका मुख्य सचेतक लेखकले विपक्षी दलका तर्फबाट राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार खडा गरिने बताएका छन् । यसका लागि भोलि फेरि बैठक बसेर निर्णय गरिने मुख्य सचेतक लेखकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?