Upalabdhi News

विपक्षी दलहरूको बैठक बस्दै, राष्ट्रियसभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्ने

उपलब्धि मिडिया
माघ २२, २०७९ | ८:३७ बजे


काठमाडौं, माघ २२ गते । आज पनि राष्ट्रियसभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्न विपक्षी दलहरूको बैठक बस्दैछ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । शनिबार बसेको बैठकले साझा उम्मेदवार चयन गर्न सकेको थिएन ।

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको थियो । आजको बैठकले विपक्षी दलहरूका तर्फबाट साझा उम्मेदवार चयन गर्ने बताइएको छ । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयले दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?