Upalabdhi News

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन

उपलब्धि मिडिया
माघ २२, २०७९ | ८:४६ बजे


काठमाडौं, माघ २२ गते । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत रहेको थिए । पछिल्लो समय उहाँ नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?