राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदै

काठमाडौं, माघ २२ गते । आज राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म छ ।सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आज उम्मेदवार चयन गर्दैछन् ।
सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुंग्याइने नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले बताए ।तराष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
