राष्ट्रिय स्वतन्त्र पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं, माघ २२ गते । आज राष्ट्रिय स्वतन्त्र पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै । सामाजिक सञ्जाल मार्फत पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन् ।
सभापति लामिछानेले पार्टीको बैठकले ठोस निर्णय गर्ने पनि जनाएका छन् । उनले आजको पत्रकार सम्मेलन देश विदेशमा रहेका सबैलाई हेर्न र सुन्न आग्रह गरेका छन् ।
उनले सञ्जाललेखेका छन् , ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ । त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु,’ ।‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्,’ उनले भनेका छन्, ‘मैले सिधाकुरा नगरेको धेरै भएछ।’
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
