सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति लिन नसकेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर अध्यक्ष ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताएका हुन।
अध्यक्ष ओलीले ००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताएका छन् । ००७ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन्। ०१५ सालको पहिलो निर्वाचित जनप्रतिनिधिसमेत दुई वर्ष पुग्न नपाउँदै अपदस्थ गरिए, थुनामा राखिए र लोकतन्त्र अपहरित गरियो।
त्यस्तै अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको बताएका छन् । उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी समेत गरेबा छन् ।
‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
