प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय
काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।सरकारलाई दिएको समर्थन भने कायमै राख्ने रास्वपा जानकारी दिएको छ। सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो।
संसदमा १९ सांसद भएको रास्वपा बाहिरिँदा प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा भने पर्दैन। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले फेरि एक पटक प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप