सभापति रवि लामिछानेको तथ्य जाँच गर्नुपर्छ – भीम रावल
काठमाडौं, माघ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तथ्य जाँच गर्नुपर्ने नेकपा (एमाले)का नेता भीम रावलले बताएका छन् । आज सामाजिक सन्जालमार्फत् आफ्नो् धारणा राख्दै उनले लामिछाने गाली गलौजमा उत्रिएको भन्दै तथ्य जाँच गर्नुपर्ने माग गरेका छन् ।
आइतबार सभापति लामिछानेले पत्रकार सम्मेलन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । सरकारबाट बाहिरने निर्णय गरेलत्तै आयोजित पत्रकार सम्मेलनमा लामिछानेले मिडिया सन्चालक, सम्पादक र पत्रकारकमाथि विभिन्न लान्छना लगाउने काम गरेका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।
नेता रावलले सामाजिक सन्जालमा लेखेका छन्, राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।सत्य तथ्य अौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ।गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं।