Upalabdhi News

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

उपलब्धि मिडिया
माघ २३, २०७९ | १:४६ बजे


काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै भूकम्पमा अहिलेसम्म नेपाली नपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी गराएको छ । टर्कीको दक्षिणी भागको सिरियन सीमा नजिक ७।८ म्याग्नेच्युडको भूकम्प गएको हो । टर्कीको इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगात क्षेत्रमा २ हजारदेखि २५ सयको संख्यामा नेपालीको बसोबास रहेको एनआरएनएले जनाएको छ ।भूकम्पको केन्द्रबिन्दु सिरियन बोर्डन नजिकै रहेको गाजिएन्तेपमा थोरै मात्र नेपाली रहेको समेत संघले जनाएको छ । ती मध्ये केही नेपाली सम्पर्कमा समेत आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?