Upalabdhi News

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

उपलब्धि मिडिया
माघ २३, २०७९ | ५:४५ बजे


काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ ।

उनले राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् । फरक प्रसङ्गमा बोल्दै उनले स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताएका छन् । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ”, उनले भने “सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?