Upalabdhi News

फोनपेलाई एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ को अवार्ड

उपलब्धि मिडिया
भदौ १७, २०७९ | ११:४० बजे

फोनपे पेमेन्ट सर्भिस लिमिटेड भिसा ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेलाई भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा सम्मानित गरेको हो । सो कार्यक्रमा सहजीकरण भिसाका लागि नेपाल प्रमुखले गरेका थिए ।  कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाको उपस्थिती रहेको थियो ।  कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरूलाई सम्मान गरिएको थियो । 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाईल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।  फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । 

यस्तै फोनपेमा हालसम्म ७ लाख भन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैङ्किङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?