पदको गरिमा कायम राख्दै सबैसँग सहकार्य गरेर अघि बढ्नेछु –उपाध्यक्ष अर्याल
काठमाडौं, माघ २४ गते । पदको गरिमा कायम राख्दै सबै सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले बताएकी छन् । उनले महिलाका मुद्दालाई मुखरित गर्न र महिला सांसहरुलाई सहयोग गर्न पनि विशेष ध्यान दिने बताइन् ।
सहकार्यको विषयमा प्रतिनिधि सभाको उपसभामुखसँग पनि कुराकानी गरेको जानकारी उनले दिइन् । महिलाका मुद्दाहरुलाई सम्बोधन गर्न पनि सहकार्य जरुरी भएको उनको भनाइ छ । आज पदभार ग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भनिन्, ‘पदको गरिमा कायम गर्दै मैले सम्पूर्ण सांसदज्युहरुसँग सहकार्य गरेर प्रभावकारी बनाउने कुरामा सकेजतिको, म पर्फेक्टली म सबै सक्छु भन्न सक्दिनँ, तर सकेजति प्रभावकारीतामा मेरो सधैं टेवा र सहयोग रहनेछ ।’
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप