Upalabdhi News

राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर १ बाट उम्मेदवार सिफारिस

उपलब्धि मिडिया
भदौ १८, २०७९ | १२:०९ बजे

काठमाडौं,भदौ १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा मकवानपुरको शनिबार हेटौंडामा बसेको बैठकले थापालाई उनको गृहक्षेत्र मकवानपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो ।

राप्रपा मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाका अनुसार पूर्वउपप्रधानमन्त्री रहेका थापा गत निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाटै यसै क्षेत्रबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?