Upalabdhi News

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

उपलब्धि मिडिया
भदौ २१, २०७९ | ५:४१ बजे


काठमाडौं, भदौ २१ गते । सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको थियो । त्यस्तै, महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?