Upalabdhi News

अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौं – माधव नेपाल

उपलब्धि मिडिया
भदौ २१, २०७९ | ९:५६ बजे


काठमाडौं, भदौ २१ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर अघि बढ्न चाहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न भन्ने प्रश्न उठ्ने गरेको अध्यक्ष नेपालले स्पष्ट पारेका छन् ।

अहिलेआफुहरु विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको उनको भनाई छ । उनले यो तालमेल गर्दै अघि बढ्दै जाने क्रममा सिटको बाँडफाँड गर्न चाहेको बताए । पार्टी निकट नेपाल दलित मुक्ति सङ्गठनको काठमाडौंमा मङ्गलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरेका छन् ।

आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी सङ्गठन परिचालनको काममा जुट्न अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिङ्गो पार्टी पंक्ति परिचालन हुनुपर्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?