काठमाडौं क्षेत्र नम्बर ४ ‘क’ मा माओवादीबाट गुरुङ सिफारिस
काठमाडौं, भदौ २१ गते । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभामा युवा नेता रणबहादुर गुरुङ (रविन) उम्मेदवार सिफारिस भएका छन् ।गुरुङ बागमती प्रदेशसभामा उम्मेदवार सिफारिस भएका हुन् ।उनीसंगै प्रदेशसभामा विजय भट्टराई र रामेश्वर केसी पनि सोहि क्षेत्रबाट उम्मेदवार सिफारिस भएका हुन् ।
पार्टीको भातृ संगठन वाइसीएलको केन्द्रीय सदस्य बनेका गुरुङ माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य हुन् । यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ (क)का इञ्चार्ज पनि हुन् । बागमती प्रदेश समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ४ (क) का पार्टी इन्चार्ज समेत रहेका उनी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेका छन् ।
काठमाडौँ क्षेत्र नं ४ मा अमरबहादुर विक, बिदुर खड्का र कुमार बोगटी प्रत्यक्षमा सिफारिस भएका छन् भने सुरेश कर्माचार्य, नवराज न्यौपाने र गोबिन्दबहादुर बटाला समानुपातिकमा सिफारिस भएका छन् ।प्रदेशसभा (क) को समानुपातिक तर्फ विनोद शाही, राधा भट्टराई र बिण्णु प्रसाद चौलागाई सिफारिस भएका छन् । प्रत्यक्ष तर्फ प्रदेश ञखझ मा राज प्याकुरेल, माधव आचार्य र पुरुषोत्तम कोईराला सिफारिस भएका छन् । त्यसैगरि प्रदेश (ख) को समानुपातिकमा राजेन्द्र श्रेष्ठ, होमकुमारी दुलाल र सुवास राई सिफारिस भएका छन् ।