Upalabdhi News

पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने

उपलब्धि मिडिया
भदौ २२, २०७९ | २:४७ बजे


काठमाडौं, भदौ २२ गते । नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् ।

अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो ।एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?