Upalabdhi News

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी

उपलब्धि मिडिया
भदौ २२, २०७९ | २:५८ बजे

काठमाडौं, भदौ २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको प्रहरीले जनाएको छ । लामिछानेमाथि बालिकालाई बलात्कार गरेको आरोप लागेको होे ।

लामिछानेले एक १७ वर्षीया बालिकालाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको तथा भदौ ५ गतेकाठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको आरोप लागेको छ । प्रहरी उजुरी दिएकी ती किशोरीको स्वास्थ्य जाँचपछि प्रहरीको संरक्षणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?