सरकारले चुनावलाई प्रभावित पार्नेगरी कर्मचारी सरुवा गर्यो– विशाल भट्टराई

काठमाडौं, भदौ २२ गते । प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएका हुन् ।
निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलार्य तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए ।
काम चलाउ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै उनले जथाभावी, मनलाग्दी, निर्वाचन प्रभावित पार्नेगरी सरकारले छानीछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाए । राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने विभेदविरुद्ध एमाले उत्रिने उनको चेतावनी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
