Upalabdhi News

लुम्बिनी प्रदेशसभा सदस्यको उम्मेदवारमा भीमलाल पौड्याल सिफारिस

उपलब्धि मिडिया
भदौ २३, २०७९ | ९:१५ बजे

भदौ २३ गते । लुम्बिनी प्रदेशसभा सदस्यको उम्मेदवारमा भीमलाल पौड्याल सिफारिस भएका छन् । नेकपा एमालले गुल्मी जिल्ला १ ‘ख’ को लागि उनलाई उम्मेदवार सिफारिस गरेको हो ।

पौडेल बिगत २०३३ सालदेखि लगातार राजनीतिमा सक्रिय छन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको फस्ट भाइस गभर्नर, गुल्मेली समाजको उपाध्यक्ष लगायत दर्जन भन्दा बढी सामाजिक संघसंस्थामा उनको आवद्धता छ ।

चेम्बर अफ कमर्स लुम्बिनीको पूर्वअध्यक्ष र अहिले केन्द्रीय सदस्य रहेका पौड्याल विभिन्न व्यावसायिक संघसंस्थामा पनि सक्रिय छन् ।
प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस गर्ने पार्टी कमिटिप्रति पौड्यालले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?