भक्तपुरमा प्रहरीलाई ३ हजार ५० रुपैयाँ घुस दिएपछि

काठमाडौं, भदौ २३ गते । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेत छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८प. ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
