Upalabdhi News

१० लाख रुपैयाँको धनमाल चोरी गर्ने दुई जना पक्राउ 

उपलब्धि मिडिया
भदौ २३, २०७९ | १:२५ बजे

काठमाडौं, भदौ २३ गते ।  भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजबंशी रहेका छन् । 

राजेन्द्रको घरबाट सुनका गहना, मोबाईल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट मोबाईल १ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको चुराको टुक्रा २ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा २ थान, सुनको ब्रास्लेट १ थान, कानमा लगाउने सुनको रामलिला २ थान र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा २ थान प्रहरीले बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?