सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले दियो अनुमति
काठमाडौं, भदौ २३ गते । एक १७ वर्षीया नाबालिकाले आफूमाथि नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।लामिछा नेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति माग गरेको थियो ।
अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप