बिहान उठ्ने बित्तिकै कहिलै नगर्नुहोस् यि ९ काम
काठमाडौं, भदौ २४ गते । यदि हाम्रो दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, काम समयमा पुरा हुदैन र अनावश्यक झन्झट वा समस्या आइलाग्छ । तर कोहिपनि मानिस आफ्नो दिन समस्या, झन्झट र चिन्तामा बितोस् भन्ने चाँहदैन ।प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ ।
१. शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।
२. बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।
३. बिहान उठेर कसैसंग झुठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन ।
४. साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्काे स्वरमा हर्कानु हुदैन ।
५. आफुले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने ।
६. बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुदैन ।
७. पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।
८. खानालाई नमिठो भन्दै फ्याक्ने, वा थुक्ने गर्नु हुदैन ।
९. घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।