Upalabdhi News

सन्दीप लामिछाने भन्छन्– कानूनको सम्मान गर्दै सबै सामना गर्छु ।

उपलब्धि मिडिया
भदौ २४, २०७९ | ९:४९ बजे

काठमाडौं, भदौ २४ गते । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको डटेर सामना गर्ने बताएका छन् ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि सन्दीपले जानकारी छन् । लामिछानेले ट्वीटरमा ट्वीट गर्दै सो कुरा बताएका हुन् । उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीप विरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पूर्जी जारी नभएसम्म (क्यान)ले लामिछानेलाई कुनै किसिमको कारबाही नगर्ने बताए पनि काठमाण्डौ जिल्ला अदालतबाट २०७९ भाद्र २३ गते बिहिबार पक्राउ पूर्जि जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि बिहीबार साँझ नै उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?