Upalabdhi News

पुन्य गौतम काठमाडौं – ३ बाट प्रतिनिधि सभामा सिफारिस

उपलब्धि मिडिया
भदौ २४, २०७९ | १:२५ बजे

काठमाडौं, भदौ २४ गते । सामाजिक संजालमा कडा टिप्पणी गर्ने पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाईमेत धन्यवाद दिएका छन् ।

उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए । केही महिना अघि मात्रै उनी एमालेमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?