नेप्सेमा दोस्रो सर्किट ब्रेक, फेरी ४० मिनेटको लागि शेयर कारोबार बन्द
काठमाडौ, २४ मंसिर । शेयर बजारले बढ्ने क्रमले निरन्तरता दिएपछि नेप्सेमा फेरी दोस्रो सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरी ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो ।
बजार खुलेको पहिलो ५ मिनेटमानै ४ प्रतिशतले बढेर बन्द भएको नेप्से सूचक २० मिनेटको लागि बन्द भएको थियो भने दोस्रो पटक खुलेको बजारमा पनि २ मिनेट मात्रै कारोबार भएको थियो । अब नेप्सेमा १२ बजेर ७ मिनेट २९ सेकेन्डमा पुन शेयर कारोबार खुल्ने छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ । समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो । राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप