महाकाली नदी र लास्कु खोलामा बाढी, डेढ दर्जन घरहरू क्षति, ११ जना बेपत्ता

काठमाडौं, भदौ २५ गते । शुक्रवार रातिदेखि परेको निरन्तर वर्षाका कारण महाकाली नदी र लास्कु खोलामा बाढी आएको छ । दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढी आउँदा ठूलो क्षति पुर्याएको छ ।बाढीले अहिलेसम्म करिब डेढ दर्जन घरहरू र पुलमा क्षति पगेको छ । जिल्ला प्रशासन कार्यालयले बाढीका कारण नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मोटर पुल र झोलुंगे पुल बगेका छन् भने केही घर कटानमा परेर बगेका छन् । रोकेर राखेका सवारी साधन समेत बढेको बताइएको छ । बाढीको त्रासले मानिसहरू रातिदेखि नै घरबाहिर निस्किएका छन् ।बाढीमा ११ जना बेपत्ता रहेको जनाइएको छ भने लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । सुरक्षाकर्मीले उद्धार र खोजी कार्य जारी राखेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
